काठमाडौँ — प्रस्तावित विद्यालय शिक्षा विधेयकको बिरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शनमा सहभागी भएका छन् । उनीहरु बुधबार माईतीघर हुँदै नयाँबानेश्वरसम्म पुगे । काठमाडौंको ट्राफिक व्यबस्था समेत अस्थव्यस्त हुनेगरी उनीहरुले सुरु गरेको विद्रोहले सरकारमा रहेकाहरुलाईसमेत झस्काएको छ ।
विद्यालयको कक्षाकोठामा भेटिने शिक्षकहरु बुधबार भने काठमाडौंको माईतीघर मण्डलामा देखिए । प्रस्तावित विद्यालय शिक्षा विद्येयकको विरोधमा काठमाडौं ओहिरिएका देशभरका शिक्षकहरु विभिन्न १८ बुँदे असहमति जनाउँदै माईतीघर हुँदै नयाँ बानेश्वरतर्फ लम्किए ।
शिक्षकहरुको आन्दोलनका कारण बुधबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोदनका लागि देशभरबाट काठमाडौं आएका हुन् । उनिहरुलेसरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग गरेकाछन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ ।सरकारले ल्याएको शिक्षा विधेयक शिक्षक, विद्यार्थी र अभिभावकको हकहित विपरित रहेको शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकार बताउँछन् ।
उसो त शिक्षकको मागबारे छलफल गर्न सरकारले वार्ताको आह्वान पनि गरेकै हो । मंगलबारका लागि सरकारले आह्वान गरेको वार्ता अस्वीकार गर्दै शिक्षकहरु बुधबार काठमाडौंमा भेला भए, आन्दोलन चर्काए । यस्तै, काठमाडौँ महानगरपालिकाले महानगरका स्कुल बन्द भयो भने शिक्षकलाई बस्खार्त गर्ने सम्मको चेतावनि दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले विज्ञप्ति नै निकालेर विद्यालय बन्द गरेर आन्दोलनमा होमिने शिक्षकलाई कारबाही गरिने बताएका छन् ।
विद्यालय शिक्षा विद्येयक समन्वयन नगरिकन ल्याएकोले शिक्षकहरु सडकमा ओर्लनुपरेको जानकारहरु बताउँछन । वधेयकमा कतिपय विषय सकारात्मक रहेता पनि धेरै विषय छुटेको शिक्षाविद् डा.विद्यानाथ कोईरालाल बताउँछन् । तर उनी राजनितिक चेतना भएको शिक्षक चाहिए पनि राजनितिक दलबाट प्रेरित शिक्षक भने नचाहिने पक्षमा छन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा असन्तुष्टी जनाउँदै विद्यालयनै बन्द गराएर शिक्षक आन्दोलनमा उत्रिदा विद्यार्थीको भबिश्यको चिन्ता गर्नेहरु पनि छन् । सरुवा, बढुवा, पेन्सन, दरबन्दीलगायत अधिकार स्थानीय पालिकाअन्तर्गत राखिएकाले त्यसको विरोध गर्दै शिक्षकहरू आन्दोलित भएका हुन् ।
प्रतिक्रिया