काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा छन । संयुक्त राष्ट्रसंघको ७८ र्औ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड के–के गर्दै छन ? संयुक्त राष्ट्रसंघको ७८ औ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्कमा छन । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन र अपेक्षाकृत साइडलाइन बैठकका कारण चासोमा रहेको प्रधानमन्त्रीको अमेरिका यात्रा सुरु नै आलोचनाबाट भएको छ ।
प्रचण्डको दौरा–सुरुवालको खोजीदेखि जोन अफ केनेडी विमानस्थलमा भएको स्वागत चर्चाको विषय बनेको छ । दौरा सुरुवाल पहिरनमा बडो तामझामका साथ विदाई भएका प्रधानमन्त्री प्रचण्ड जोन अफ केनेडी विमानस्थलमा ओर्लिंदा उनी टाइसुटमा देखिए । राष्ट्रसंघका लागि नेपालका आवासीय प्रतिनिधि लोकबहादुर थापा सहितको टोलीले गरे । अमेरिका पुगेर उपचारका लागि भन्दै उतै लुकेर बसेका तत्कालिन उपमेयर दन्ता नेपाली दर्शना प्रधानमन्त्री प्रचण्डको भेट भएको तस्विरले धेरैको ध्यान खिचेको छ ।
त्यस्तै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रतिवद्धता लगायत विषयले महासभाको मुख्य सम्बोधन पूर्व नै प्रचण्डको अमेरिका यात्रा थप चर्चामा छ । टाइसुटमा अमेरिका ओर्लिएका प्रधानमन्त्री प्रचण्ड अन्य कार्यक्रममा पनि टाइसुटमा नै देखिएका छन । संयुक्त राष्ट्रसंघको मुख्यालयमा राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँगको भेटवार्तामा पनि उनी टाइसुटमै देखिए ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी एसडीजी शिखर सम्मेलनमा सम्बोधन गरिसकेका छन । विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् । कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताएका छन ।
अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन । अल्पविकसित मुलुकहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको र बाह्य ऋणले संकटको जोखिम बढाएको उल्लेख गरेका छन ।
महासभामा सम्बोधन पूर्व झन्डै आधा दर्जन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । शान्ति प्रक्रियाको पूर्णता र मानव अधिकारका सवालमा प्रधानमन्त्रीले के कस्ता विषय उठान गर्छन भन्ने विषय चासोमा छ । परराष्ट्र मामलाका जानकार विगतको महासभा वैठकको समयमा हुने नियमित कार्यसूचीमा पर्ने गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को साइडलाइन वैठक नहुने भएको छ । भर्दौ ३० गते अमेरिका उडेका प्रधानमन्त्री प्रचण्डले असोज चार गते महासभामा सम्बोधन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया