Breaking

टेरामोक्स प्रकरणमा अख्तियार पस्यो – प्राधिकरणका वर्तमान र पूर्व २० पदाधिकारीसँग बयान


काठमाडौँ – दूरसञ्चार सेवा प्रदायकहरूलाई खुफिया एजेन्सीको जस्तै काम गर्न दिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले ल्याउन लागेको विवादास्पद टेरामोक्स खरिद प्रकरणमा अख्तियारले छानबिन थालेको छ ।

प्राधिकरणले टेरामोक्स खरिद कार्यमा व्यापक अनियमितता गर्दै सरकारी सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको हो ।

अख्तियार स्रोतका अनुसार टेरोमोक्स प्रविधि खरिद कार्यमा संलग्न भएका प्राधिकरणका वर्तमान र भूतपूर्व पदाधिकारीहरूसँग एक चरणको बयान समेत लिइसकेको छ ।

सो कार्यको लगायतका कार्यमा संलग्न पदाधिकारीहरुसँग पहिलो चरणको बयान सकिएको स्रोतले जनाएको छ ।