काठमाडौँ — संघिय राजधानी र चौविसै घण्टा सुरक्षाको निगरानीमा रहने विमानस्थलबाट नजिकै तीनकुनेको गैरी गाउँमा चारजनाको विभत्स हत्या भएको छ । एकै परिवारका तीनजना सहितचार जनाको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परिसकेका छन भने प्रहरीले छानविन समिति नै बनाएको छ । जुन हत्यामा कुशे औशीमा श्रीमानको श्राद्ध गर्न आएर छोरा भेट्न पुगेकी महिला समेत परेकी छन ।
दोलखा घर भएका ५५ बर्षिय कुमार भुजेल आफ्नी श्रीमती सहित काठमाडौँको तीनकुने गैरीगाउमा रहेको दिव्य सःमिलमा रेखदेख गर्थे । एमालेबाट गतनिर्वाचनमा सांसदका उम्मेद्वार रहेर पराजित भएका वालकृष्ण सिवाकोटीले चलाउने मिलको रेखदेख गर्ने कामलामो समयदेखि कुमार र उनकी ५२ बर्षिय श्रीमती अम्बिकाले गर्दै आएकाथिए ।
भिडियो


प्रतिक्रिया