Breaking

काँग्रेस र माओवादीकै नेता सुन तस्कर, ओलीलाई एजेन्डा मिल्यो, बहालवाला मन्त्रीकै कनेक्सन


काठमाडौँ — दिनप्रतिदिन आपराधिक कृयाकलाप समाजमा बढ्दै गईरहेको छ । तर जिम्मेवार बन्नुपर्ने राजनीतिक दलहरु नै सुशासनलाई राजनीतिक मुद्दा बनाईरहँदा न्याय पाउनुपर्नेहरु झन अन्यायमा परिरहेका छन् । सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरी चल्ने अवस्थामा पुग्दा निर्दोषलाई नफसाउने र दोषी उम्कन नदिने सरकारी नारालाई नै गिज्याईरहेको छ । सरकारको भाषामा सु, को अर्थ सुशासन, तर तस्करको भाषामा सु, अर्थात, सुन, अहिले अगाडीको सु,शासनको रटान लगाई रहेको सरकार पनि पछाडीको सुनको चक्करमा छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको रसिमाभ्रष्टचारीलाई पाता कस्ने भन्दा भन्दै आफ्नै पार्टीका नेताहरु जोडिएपछि उनको बोलीनै फेरिएको छ । सुशासनको भुँग्रोमा रोटी सेकेर प्रतिपक्षलाई एजेण्डा विहीन बनाउन खोजेको सरकार जब–आफ्नै पार्टीका नेताहरु सुन तस्करीमा मुछिन थाले त्यसपछि धावाधावा,पानी छ्यापेर दन्किएको आँगो निभाउने दाउँमा लाग्यो ।फलतः अहिले प्रचण्डको सुसानपनि स्याल हुईयानै रहेछ भन्न थालिएको छ ।

त्रिभुवन विमास्थलबाट पक्राउ परेको ६० केजी सुनमा माओवादीका नेताहरुको नाम मुछिएपछि प्रतिपक्ष एमालेका लागि मसला बनेको यो विषयमा अझ मलजल हुने गरी अर्को सुन प्रकरणमा प्रदेशका बाहालबाला मन्त्रीको नाम जोडिएपछि एमालेको स्वर झनै चर्को भएको छ । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।

पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले जनाएको छ । लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकट हुन् । अहिले सम्म माओवादीको मुकाममा छिरेको सुन तस्करीको साईनो यो १ किलो सुन काण्ड संगै काग्रेसको घरमा पनि पसेको छ । यसले माओवादी मात्रै नभएर सत्ता घटक दलनै सुन तस्करी प्रकरणमा सक्रिए रहेको आरोप लागेको छ ।

सुसाशनको फेरि लगाईरहेका प्रचण्डको फेरो खुस्किने गरी एकपछि अर्को सत्ताघटकदलका नेताहरुनै सुन काण्डमा जोडिएपछि उनि सत्ता बचाउने कि सहयात्री भन्ने संकटमा छन्। सुनमा कृष्णबहादुर महरालाई आफ्नो पछाडी राखेर सरंक्षण गरेका उनले नैनिक संकट उत्पन्न भएपछि उनका छोरा राहुल महरासम्मलाई अनुसनधानमा ताने । यो बाउ जोगाउन छोरा पठाएको स्पस्ट संकेत हो । माओवादीकै अर्का प्रभावशाली नेता वर्षमान पुनको हिमचिम र उनका भाईको सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसंगको व्यापारीक साझेदारीले पनि सुनको साईनो पुन परिवारमा रहेको बुझ्न धेरै गाह्रो छैन ।


माधव नेपाल र बाबुराम भट्टराईलाई ललिता निवासको तरबार देखाएर साईजमा ल्याएका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीलाई दबाउन गिरीबन्धु टि स्टेटको फाइल खोल्ने हौवा दिए । तर सार्वजनिक कार्यक्रममा बोल्दै हिडेका उनले त्यो व्यवहारमा लागू गरेनन् । अहिले राजनीतिमा भ्रष्टचारका फाईल सत्ता जोगाउने अस्त्रको रुपमा प्रयोग हुदैछ । संभवत त्यही भएरै होला एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुसासनको नाममा कुसाशन तर्फ उन्मुख भएको आरोप लगाउन भ्याए ।

सुनमा एकपछि अर्को गर्दै छानिछानि सत्ता घटक दलका नेताहरुको नाम जोडिएपछि प्रतिपक्ष एमालेलाई यति बेला पर्नू स्वाद परेको छ । फेरि गृहमन्त्री स्वमयले निरिहपन देखाउँदै मन्त्रालय आफmुले नभएर अरुकै इसारामा चल्नेसम्मको संकेत गरेपछि एमालेका लागि के खोज्छस कानो आँखो भने जस्तै भएको छ । सत्ता गठबन्धनकै नेताका कारण गृहमन्त्री निरीह बनेकाछन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको हकमा नखाउन भने दिनभरीको शिकार खाउँ भने खै कस्को अनुहार भने जस्तै भएको छ । सत्ता गठबन्धनकै कारण गृहमन्त्री निरीह भएकाछन् ।

कार्वाही गरौं सत्ता संकटमा, नगरौं प्रतिपक्ष लागलाठी गरेर राजीनामा मागेर उभिएको छ । यही संकटका बीचमा प्रचण्डको चेपुवा र देउवाको दवावमा नारायणकाजीले सत्ता यात्रा तय गरिरहेकाछन् । उनले केही समय अघि भएको प्रहरी सरुवामा नैतिक जिम्मेवारी आफुले लिएपनि सरुवा नगरेका जिरह लिएकाछन् । यसले पनि गृहमन्त्री साँच्चै विचरो अवस्थामाछन् भन्ने दर्शाउछ ।यता गृहमन्त्री भने आलोचना गर्नु प्रतिपक्षको धर्म भएकोले आलोचना गरेपनि यसले सुशासनमा सहयोग नपुग्ने र यस्ता घटनालाई राजनीतिकरण नहुँने तर्क गर्छन् ।

गृहमन्त्रालय स्वमय गृहमन्त्रीको अधिनमा छैन । प्रचण्ड पनि बेलाबेलामा दवाव र प्रभावमा परेर भावनात्मक कुरा गर्छन् । तर जसले जे भने पनि यो मुलुक सेटिङमा माफियाहरुले चलाएकाछन् । तस्करहरुले चलाएकाछन् । जसले सत्ताको उलटपुलट गर्ने ल्याकत राख्छन् त्यही भएर त सरकार यति निरीह छ । जो सकारका मन्त्रीहरुनै स्विकार्छन् ।