समाचार

आर्थिक संकटमा पनि गाडि किन्नेको होडबाजी, सस्तोमा विद्युतीय गाडि, पेट्रोलवालातिर ध्यानै गएन

योहो संवाददाता

काठमाडौँ — नयाँ गाडीहरुको प्रदर्शनी हुने ‘नाडा अटो शो’ भृकुटीमण्डपमा जारी छ । नाडाको १५औं संस्करण विद्युतीय सवारीसाधनको वर्चस्व देखिन्छ । विद्युतिय सवारीमा सर्वसाधरणको आकर्षण देखिन्छ । मेलामा आम सर्वाधरणको उत्साहजनक उपस्थितिले अटोमोबाइल क्षेत्र हौसिएका छन । मंगलबारदेखि काठमाडौको भृकुटीमण्डपमा नाडा अटो शो को १५ औं संस्करण चलिरहेको छ । कोभिड महामारी र सरकारले लगाएको आयात प्रतिवन्धले झन्डै तीन वर्षदेखि स्थगीत नाडाको मेलामा दुई पाङग्रे र चार पाङग्रे सवारी साधनका एक सय बढी स्टलहरु छन ।

मेलामा विद्युतीय सवारी–साधनको बर्चश्व देखिन्छ । विद्यूतीय साइकलदेखि करोडौंका विद्युतीय गाडी उपलब्ध छन । मेलामा १४ लाख देखि २ करोड भन्दा बढी मूल्य पर्ने गाडीहरु उपभोक्ताले खरिद गर्न सक्नेछ । कम्पनिहरुले चाडपर्व लक्षित अफर सहित ग्राहक आकर्षित गर्न नयाँ–नयाँ मोडलका सवारी–साधनहरु प्रर्दशनमा राखेका छन । विगतमा डिजेल–पेट्रोल गाडीहरुले भरिने मेला यसपटक विद्युतीय सवारीसाधन हावी छ । अटो शो मा राखिएका सवारी साधन र यसप्रति उपाभोक्ताको आकर्षण हेर्दा देशमा विद्युतीय गाडीको युग सुरु भएको भन्दा फरक पर्दैन ।

अर्थतन्त्रमा देखिएको शिथिलता र नेपाल राष्ट्र बैंकले सवारीसाधनको कर्जा जोखिम भारका बाबजुत मेलामा आम सर्वसाधरणको घुँइचो छ । पेट्रोलमा पर–निर्भरताका कारण उपभोक्ताको ध्यान विद्युतीय सवारीसाधनमा आकर्षित भएको देखिन्छ । साइकल, मोटरसाइक, विभिन्न डिजाइनका कारहरुका बारेमा सहज जानकारी लिन सक्छन । विद्युतीय सवारी साधनमा आम उपभोक्ताको उत्साहजनक आकर्षण छ ।

विक्रेता कम्पनिहरुले समेत विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइएको देखिन्छ । विद्युतीय गाडीमा फिचर राम्रो हुनुको साथै सरकारले करमा सुविधा पनि दिएकाले पनि सर्वसाधारणको आकर्षण बढेको विक्रेताहरुको बुझाई छ । कोरोना महामारी र आर्थिक मन्दीले सुस्ताएको अटोमोबाइल क्षेत्रमा चहलपहल बढेको छ । नाडा शोमा उपभोक्ताको भीड र विक्रेताको देखिएको उत्साहले दर्साएको छ । मेला भदौ ३१ गतेसम्म चल्नेछ ।