काठमाडौँ — पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ । अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता भएको हो ।
अमेरिकामा बहालवाला राष्ट्रपतिका छोरा विरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छोरा विरुद्ध फौदारी मुद्धा लागेसंगै दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिने तरखरमा रहेका बाईडेनलाईधक्का लागेको छ । ८० वर्षीय बाइडेनको यात्रा २०२४ को चुनावमा सहज देखिँदैन ।
यद्यपि हन्टर बाइडेनलाई २०१८ मा बन्दुक खरिद फारममा लागू पदार्थको प्रयोगको बारेमा झूटो बोलेको आरोप पनि लगाइएको थियो जब उनले कोल्ट कोब्रा रिभल्भर किनेका थिए । उनले आफ्नो २०२१ संस्मरण ‘ब्यूटीफुल थिंग्स’ मा लेखेका थिए कि उनले त्यस समयमा लागूपदार्थ प्रयोग गर्थे । अहिले अमेरिकामा राजनीतिक दृष्टिकोणबाट हेर्दा अमेरिका दुई कित्तामा विभाजित छ ।
एउटा पक्ष पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ९१ वटा सङ्घीय र राज्य स्तरमा फौजदारी अभियोग लगाइएकोमा आक्रोशित र त्रसित छ । उक्त पक्षले राष्ट्रपति जो बाइडनअन्तर्गत रहेको न्याय मन्त्रालयभित्रका शक्तिशाली निकायहरूले गरेको षड्यन्त्रको रूपमा उक्त घटनालाई लिएको छ । अर्को पक्षमा त्यही न्याय मन्त्रालयले अनुचित रूपमा राष्ट्रपति बाइडनका छोरालाई खेदिरहेको विश्वास गर्छ । स्वयं घोषणा गर्नुपर्ने करसम्बन्धी मामिला र व्यवहार अनि बारम्बार लागुऔषध दुर्व्यसनसम्बन्धी आरोपहरू हन्टर बाइडनमाथि लाग्ने गरेका छन् ।
अर्को शब्दमा दुवै कित्ताका अमेरिकीहरू देशको कानुन कार्यान्वयन गर्ने निकायलाई अर्को पक्षले बन्धक बनाएको र कल्पना नै गर्न नसकिने गरी राजनीति भएको ठान्छन । दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका ८० वर्षीय राष्ट्रपति जो बाइडनका लागि छोराको यो मुद्दाले राजनीतिक क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया