Breaking

कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्छ : मोहनबहादुर बस्नेत

योहो संवाददाता

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उहाँले बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य जनताको आधारभुत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताउनु भयो । मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताउनु भयो ।