काठमाडौँ — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रेल मार्फत रुस भ्रमणमा निस्किएका छन् । नेता किम जोङ उन मङ्गलवार बिहान रेलमार्फत रुस पुगेका हुन् । कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।
कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रुस भ्रमणमा निस्किएका छन् ।
रुसको सुदूर पूर्वी तटमा रहेको बन्दरगाह शहर भ्लादिभोस्तोकमा किम र पुटिनबीच भेट हुने भएको । किम पुरानै संस्कारअनुसार किम जोङ रेलबाट रुस गएका छन् । किमको हरियो रेलले उत्तर कोरियादेखि भ्लादिभोस्तोकसम्म पुग्न १,००० किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो ।
किम जोङ उन संधै रेलको यात्रा गर्छन । रेल यात्रा गर्ने किमको परिवारको परम्परा नै हो । सर्वोच्च नेताको रूपमा आफ्ना बुबा किम जोङ इलभन्दा धेरै विदेश यात्रा गरे पनि उनको यात्रा प्राय गोप्य राखिएको छ । उनले यात्रा गर्दा कडा सुरक्षा पनि दिइन्छ । किमले आफ्ना केही यात्राहरू रूसमा निर्मित विमानबाट पनि गरेका छन्, तर प्राय उनी रेलबाटै यात्रा गर्न रुचाउँछन् । किमले हरियो रेलको ६० घण्टा लामो यात्रा समेत गरिसकेका छन् ।
सन् २०११ मा सत्ता सम्हालेका किमले पहिलोपटक सन् २०१८ मा विदेश भ्रमण गरेका थिए । किमले मार्च २५ देखि २८ सम्म चीनको भ्रमण गर्दा रेलमै त्यहाँ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई भेटे । उक्त रेलमा २० वटा हतियार सम्पन्न कार संचार प्रणाली र किमका लागि विशेष क्याबिन भएको बताइन्छ । जहाँ किमले बैठक राख्न सक्छन् । सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्नु अगाडि पनि किम रेलमार्फत नै चीन गएका थिए । ट्रम्पलाई दोस्रोपटक भियतनाममा भेट्न जाँदा किमले तीनदिनको रेल यात्रा गरेका थिए ।
सन् २०१९ कै अप्रिलमा किम रुसको भ्लादिभोस्तोक रेलमै पुगे । त्यहाँ उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पहिलोपटक भेटे । विश्लेषकहरूका अनुसार किम अन्य यात्राका साधनहरूलाई भन्दा बढी आफ्नो रेललाई विश्वास गर्छन् । अर्थात् किम रेल यात्रा गर्दा सबैभन्दा सुरक्षित महसुस गर्छन् । त्यसो त किमले देशको सर्वोच्च नेता बनेपछि ती देशहरूको मात्र भ्रमण गरेका छन् जहाँ उत्तर कोरियाको रेल जानसक्छ ।
उत्तर कोरिया सुरुदेखि नै निकै गोप्य र रहस्यमी देश हो । रेलमा यात्रा गर्दा किम जोङ–उनलाई जनता र संचारमाध्यमहरूबाट अलग्गै पनि राख्न सकिन्छ । यो कार्यले किमबारे जानकारीहरू गोप्य रहन्छ र विदेशी खुफिया एजेन्सीहरू वा मिडियाले सजिलै अवलोकन गर्दैन भन्ने सुनिश्चित पनि हुन्छ ।
प्रतिक्रिया