समाचार

निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको अर्थमन्त्री महतको दाबी

योहो संवाददाता

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । आज काठमाडौंमा एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भुमिका हुने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नुभएको बताउनु भयो अर्थमन्त्री महतले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गर्नुभयो ।