काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले क्वाड सम्मेलनमा चीनलाई समेट्न नचाहेको बताएका छन् । अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताउँछन् । भूराजनीतिक प्रतिद्वन्दीमा रहेका विश्वका प्रमुख दुई शक्तिशाली देश अमेरिका र चीनबीच सधैं टकराव भैईरहन्छ ।
यी दुई देशवीचको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको चीनसँग उसको व्यापार घाटा पनि धेरै छ । त्यति मात्रै हैन चीन र अमेरिकाको सम्बन्धमा खटपट आउनुमा ताईवानको सम्बन्ध पनि एक कारण हो । पछिल्लो समय अमेरिकि राष्ट्रपति जो बाईडेनले चीनलाई क्वाड सम्मेलनमा समेट्न नसकिने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई समेट्न नचाहेको बताएका हुन् ।
वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ तर उनले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताएका थिए ।
उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली च्याङलाई भेटेको र स्थिरताबारे छलफल गरेको बताए । वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाएका छन् । बाइडेनले हनोइमा भएको एक पत्रकार सम्मेलनमा भने – ‘अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ, उनले चीनसँगको तनावलाई सङ्केत गर्दै भने, म चीनलाई समेट्न चाहन्नँ । म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ । जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ ।’
चीनका राष्ट्रपति सी चिनपिङ जी–२० सम्मेलनमा सहभागी नहुनुलाई केही वैश्विक परिस्थितिबाहेक बेइजिङ र दिल्लीबीच क्षेत्रीय र अन्य विषयमा देखिएको विवादसँग पनि जोडेर हेरिएको छ । सबै देशका उच्च ओहोदा बिरजमान सबै उपस्थिति हुँदा छिमेकी देश चीन भने जी–२० लाई बेवास्ता गरेका थिए । कम्युनिष्ट देशका राष्ट्र प्रमुखको अनुपस्थितमा भारतलाई भने खल्लो भएको छ ।
जी–२० सम्मेलन भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा आईतबार समापन भएको थियो सम्मेलनमा युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू भेला भएका थिए । जी–२० समापनसंग मोदीले ब्राजिललाई अध्यक्षता हस्तान्तरणगरेका छन् ।


प्रतिक्रिया