Breaking

वर्षाको बढी सम्भावना कहाँ-कहाँ ?


काठमाडौँ – आज देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यतिबेला देशभर मौसम आंशिकदेखि पूर्ण बदलीसम्म भएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।