Breaking

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित

योहो संवाददाता

काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरी सहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आज सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् । उनीहरुले सार्वजनिक गरेको विरोधका कार्यक्रमबारे विमानस्थल कार्यालय सहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी दिएका छन् । गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’जाँचपास भएपनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको उनीहरुको आरोप छ । कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस र्पुयाउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो छ ।