Breaking

ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकियो, ४ बजेसम्ममा आदेश सुनाउने तयारी

योहो संवाददाता

काठमाडोँ– ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज १८ औ नम्बरको प्रतिवादीका रुपमा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ता मनोज भण्डारी, कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कमल प्रकाश घिमिरेले बहस गरे । यसैगरी सरकारी वकिलमा सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवाली चन्द्र सञ्जेलले उठेका विषयहरुमा जवाफी बहस गरे । त्यससँगै न्यायाधीशले आइतबार दिँउसो ४ बजेसम्ममा आदेश सुनाउने बताउँदै इजलास टुंग्याएका हुन् ।