Breaking

आईसीसी महिला टी-२० : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश


काठमाडौँ – आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो । वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन् ।

दुवै टोलीले अंक बाँडेसँगै युएई समू विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । ५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो ।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग शुक्रबार खेल्नेछ। समूह ‘बी’ का थाइल्याण्ड र हङकङ बीचको खेलको विजेतासँग नेपालले अब सेमिफाइनलमा खेल्नेछ । नेपालले फाइनलमा स्थान बनाउन सके ग्लोबल टि २० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो ।