Breaking

आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ: डा. प्रकाशशरण महत


काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नतर्फ लागिरहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले नेपालमा पर्यटकको चाप बढीरहेको र विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त रहेको बताउनु भयो । उहाँले आर्थिक अवस्थालाई चलायमान बनाउन बाधक कुराको समाधान गर्न सरकार लागिरहेको बताउनु भयो । गत वर्षको तुलनामा राजश्व पनि वृद्धि भइरहेको बताउनु भयो ।