Breaking

अभिनेत्री निरूता सिंहले कसिन लगनगाँठो

योहो संवाददाता

काठमाडौँ– अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्। उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरकेो जानकारी दिएकी हुन्। यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो निरूता जी बिहे कहिले गर्ने भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरुता सिंहले गत बिहीबारको दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छु। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु, उनले भनेकी छन्। यसका साथै चाँडै नेपाल आउने र सबैको आशिवाद लिने वाचा समेत उनले गरेकी छन्।