काठमाडौँ– हवाईटिकटमा सरकारले लगाएको भ्याटआजदेखि पुनःकार्यान्वयनमाआएको छ । सर्वोच्च अदालतले साउन १४ गते जारी गरेको अन्तरकालीनअन्तरिम आदेशले निरन्तरतानपाएसँगै सरकारलाई भ्याटलगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको थियो । एकलइजलासमान्यायाधीशअनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीनआदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालतामाथेमाको इजलासले खारेज गरेको थियो ।
एकपक्षीयअन्तरकालीनआदेश बदरको मागगर्दै अन्तरिक राजस्वविभागले पनि साउन २८ गते सर्वोच्चमानिवेदनदर्ता गरेको थियो । आन्तरिक राजस्वविभागकामहानिर्देशकदीर्घराज मैनालीले आजैदेखि भ्याटलागू भएको जानकारी दिनुभयो । भ्याटलागू भएसँगै हवाई भाडा फेरि महँगो भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फतआन्तरिक तथाबाह्यदुवै खालकाहवाई टिकटमा १३ प्रतिशतभ्याटलगाएपछि नेपालएसोसिएशनअफ टुर एन्डट्राभलएजेन्ट्सले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।


प्रतिक्रिया