समाचार

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई मेयर शाहको निर्देशन

योहो संवाददाता

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्नुभयो ।मेयर साहले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गर्नुभयो । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दवावबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनुभयो । मेयर साहले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन निर्देशन दिनभएको हो ।