समाचार

सुन तस्करी प्रकरणमा थप एक प्रक्राउ

योहो संवाददाता

काठमाडौँ– ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले थप एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको प्रहरीले जनाएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन समातेको थियो । झण्डै १ सय किलो भनिएको सुन पछि गालेर तौलिदा ६० किलो ७१६ ग्राम भएको थियो ।पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका संख्या २४ पुगेको छ ।