काठमाडौँ – लेखक तथा गीतकार कबिता दाहालद्वारा लिखित ‘स्मृतिभित्र सासू र भान्सा’ पुस्तक सार्वजनिक भएको छ । भान्सा सुधार अभियान नेपालले आइतबार राजधानिमा एक कार्यक्रम गर्दै वरिष्ठ गीतकार एवम् सङ्गीतकार गणेश रसिकको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरेको हो । सो कार्यक्रम गीतकार दाहालका भजन, आधुनिक गीत र भान्सा सुधार सम्बन्धी सचेतना जगाउने गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा गीतकार गणेश रसिक, सुरेश घिमिरे ‘निश्चिन्त’, सङ्गीतकार बुलु मुकारूङ, डाक्टर केशबानन्द स्वामी र पुर्वराज्यमन्त्री दिपक बाँस्कोटालाई भगवानको प्रतिमासहित सम्मान गरिएको थियो । भान्सा सुधार अभियन्ता कबिता दाहालको आफ्नो जन्मदिनको अवसर पारेर पुस्तक विमोचन गरिएको हो ।

आफ्ना बा,आमा र ८ काका ८ काकिसहित आफ्नो हजुर आमा भुवनेश्वरी दाहाललाई दोसल्ला ओढाई श्रीमद्भागवत गीता प्रदान गर्दै सम्मान गरिएको थियो । आफ्नो कृति निर्माणमा साथ सहयोग गर्ने सबैलाई भान्सा सुधार अभियानको चिनारी स्वरूप झोला प्रदान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया