Breaking

इन्जिनियरिङमा शुल्क वृद्धिको विरोध, प्रदीप र विश्वप्रकाश रमिते, प्रधानमन्त्रीलाई घेर्दै


त्रिभुवन विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ अध्ययन संस्थान आईओईले स्नातक तहको शुल्क बढाएपछि विद्यार्थी संगठनहरु आन्दोलित छन् । त्रि.वि इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसका सबै विद्यार्थी संगठनले विरोधका विभिन्न कार्यक्रमसहित शुल्क वृद्धि फिर्ता लिन दवाव दिईरहेका छन् । पुल्चोक डिन कार्यलयमै पाँच दिनदेखि आमरण अनशनमा बसेका विद्यार्थीको स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ सातौ सेमेस्टरमा अध्ययनरत सुलभ चापागाई पाँच दिनदेखि डिन कार्यलय पुल्चोकमा आमरन अनशनमा छन । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ अध्ययन संस्थान आईओईले स्नातक तहको शुल्क बढाएको विरोधमा मंगलवार विहान ११ बजेदेखि आमरन अनशनमा बसेका चापागाईको स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिवारदेखि उनलाई स्लाईन पानी चढाइएको छ ।

शुल्क वृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पस ईकाई सभापति समेत रहेका चापागाई आफै आमरन अनशनमा छन भने त्रि.वि इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसका सबै विद्यार्थी संगठनहरु सडक आन्दोलनदेखि विभिन्न शान्तिपूर्ण विरोधका कार्यक्रममा सरिक भईरहेका छन् । शुल्क वृद्धि फिर्ता विद्यार्थीहरुले अन्तिम अल्टिमेटम बनाएका छन । आइतवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्नेदेखि चरणवद्ध संघर्षका कार्यक्रम तय गरिएको छ ।

नेविसंघकै सभापति आमरन अनशनमा बसेपछि माउ पार्टी नेपाली कांग्रेसका केन्द्रिय नेताहरु पनि विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगिरहेका छन् । अरु राजनीतिक दलको नेतृत्व पनि विद्यार्थीको मागमा सहमति जनाउन अनसनस्थल धाईरहेका छन् । सरकार र सदनका प्रतिनिधि उनीहरु शुल्क वृद्धिका सवालमा सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाएर फर्किएका छन् ।

गएको साउन २५ गते शुल्क बढाउने निर्णय भएकोमा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् । जसमा चार वर्षे स्नातक तहको शुल्क ३ लाख १३ हजार रहेको शुल्क बढाएर ७ लाख ७४ हजार पु¥याएको छ । इन्जिनियरिङ स्नातक तहको नियमित तर्फ ३५ हजार शुल्क कायम गरिएकोमा हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रुपैयाँ कायम गरिएको छ । पूर्ण शुल्क तर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पु¥याइएको छ ।