Breaking

मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।

सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए । विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । जबरजस्ती विश्वासको मत पाएको घोषणा गरेकाले प्रदेश सभा नियमावली र संविधानको व्यवस्थालाई विपरीत भएको दाबी रिटमा गरिएको छ ।