Breaking

काठमाडौँ उपत्यकामा बागमतीको बाढीले खतरा तह नाघ्यो, दिउँसोसम्म उच्च सतर्कता आवश्यक


काठमाडौँ – काठमाडौँ उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ स् बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।

यसैगरी बिहान साढे ७ बजे जारी अर्को सूचनामा भनिएको छ स् हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।