Breaking

परिवेशले सभामुखबाट राजीनामा दिएँः बाबुराम गौतम


काठमाडौँ — कोसी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् । उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

मैले राजीनामा नदिने अडान राखेको थिएँ, सबै राजनीतिलाई याद गर्दा र सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेको हुँ, उनले भने, सभामुखको राजीनामा उचित निकास होइन, परिवेशले पुर्‍याएको हो ।