Breaking

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो ।

नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउन लागेको जनाएको छ । पार्टीको संसदीय दलले यसअघि नै सरकारमा उनीहरूलाई पठाउने निर्णय गरेको एक जना प्रदेशसभा सदस्यले बताए ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय भने कांग्रेसले आफूसँगै राख्ने भएको छ । तर कांग्रेसले उक्त मन्त्रालयमा मन्त्रीको रुपमा कसलाई पठाउँछ भन्ने खुलेको छैन ।