Breaking

सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ दलको निर्णय


काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाहेकका तीन सत्तारुढ दलले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरेका छन् । सोमबार नागरिक उन्मुुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको संयुक्त बैठकले यथास्थितीमा बजेट पारित नगर्ने निर्णय गरेका हुन् । नागरिक उन्मुुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिए ।

बजेट सच्याएको अवस्थामा भने पारित गर्ने समझदारी भएको उनले बताए । प्रदेश सरकारमा सहभागी भएका र समर्थन गरेका दलहरू माओवादी केन्द्र, नागरिक उनमुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भएको छलफल र सुुझावलाई वेवास्ता गरी प्रदेशसभाका माननीय र जनताको भावना, प्रदेशको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ,’ निर्णयमा भनिएको छ, ‘बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मुकदर्शक भएको अनुुभूती भएको छ ।

तसर्थ समयमै बजेट सन्तुलित बनाउन जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया प्रदेश सरकारलाई आग्रह गर्दछौँ । बजेट संशोधन र समझदारी नभएको यथाअवस्थामा बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगरज भट्ट, प्रमुुख सचेतक मानबहादुुर धामी, नाउपा दलका नेता चौधरी, प्रमुुख सचेतक कैलाश चौधरी र नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता दीर्घबहादुुर सोडारी र प्रमुुख सचेतक प्रकाश रावलको उपस्थिति रहेको थियो ।