Breaking

कोशी प्रदेशमा तीन मन्त्री थपिए


काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरुले आजै शपथग्रहण गरेका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीमा सपथ लिए ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यको मन्त्रालय भने टुंगिएको छैन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ ।