Breaking

कोशी प्रदेश: मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस


काठमाडौँ — कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई, माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाको समर्थन छ ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेस २९, माओवादी केन्द्र १३, सभामुखसहित, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएपछि एमाले नेतृत्व हिक्मतकुमार कार्कीको सरकार ढलेको थियो ।