Breaking

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रधानमन्त्री दाहाल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् ।

आईतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजवादीमोर्चा घोषणाको बेलामा पनि नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बतउनुभयो । उहाँले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गरेको बताउनुभयो । उहाँले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।