देश

‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा आउने


काठमाडौँ — नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रर्दशनमा आउने भएको छ । नेपाल बाहेक अष्ट्रलिया, जापान,अमेरिका, लगायत युरोपका केहि सहरहरुमा प्रदर्शनमा आउने छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत फिल्को ट्रेलरमा कलाकार बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ ।