Breaking

घट्यो लामो दुरीको सवारी भाडा


काठमाडौँ – सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।

डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ ।
यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ।