काठमाडौँ – गुलशन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाए छैटौँ सफलता दिलाएका छन् ।
यो विकेटसँगै यूएई दबाबमा आएको छ । गुलशनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २३ ओभरको समाप्तीमा ६ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ ।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए ।
८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए । रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए ।
सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए । घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ । उता युएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पर्ने येजनामा हुनेछ ।
प्रतिक्रिया