Breaking

ओलीमाथि अभद्र व्यवहार गर्ने प्रहरी नियन्त्रणमा


काठमाडौँ —उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी प्रदेश नामकरणमा विरोध गर्नेहरूले ढुंगामुढा गरेका बताए ।

उनले उक्त घटना हुनु दुःखद भएको भन्दै सरकारका तर्फबाट निन्दा गरेको बताए । उनले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए । गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे ।