Breaking

बारा २ मा उपेन्द्र यादवको अग्रता


काठमाडौँ — बारा २ मा अहिलेसम्मको मतगणनामा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार यादवले पाँच हजारभन्दा धेरै मतले अग्रता लिइरहेका छन् । उनले १८ हजार ९६ मत प्राप्त गरेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले पाँच हजार चार सय ५९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई हजार एक सय ६३ मत पाएका छन् । गएको आइतवार भएको उपचुनावमा बारा क्षेत्र नम्बर २ मा ६९ हजार एक सय सात मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।