काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे ।
सोमबार दुवै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।
न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन ।


प्रतिक्रिया