Breaking

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप


काठमाडौँ — विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बूको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । संघर्ष समितिले प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् ।

लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो । लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।