देश

दाइजो नदिएको निहुँमा यी युवकले श्रीमतीलाई लगाए आगो


काठमााडौँ — दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ। विशेष गरि मधेस क्षेत्रमा दाइजोप्रथा अझै न्युनिकरण हुन सकेको छैन । जसको सिकार महिलाहरु बनिरहेका छन् । दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झासहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन्।घाइते श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन्।

श्रीमान् राजीव र उनको परिवारै मिलेर आफ्नो शरीरमा आगो लगाएको आरोप उनले लगाइन्।श्वेताले आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर मार्ने प्रयास गरेको उनको भनाइ छ । उनको विवाह भएको १० वर्ष बितिसकेको छ । पीडित श्वेताका अनुसार दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै श्रीमान् पक्षका परिवारलेश्वेतालाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । वादविवाद लम्बीदै गएपछि अहलिे आगो लगाएर हत्या गर्ने प्रयास भएको उनको दावी छ ।यही वैशाख १ गते राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरेपछि छेक्ने क्रममा आफूलाई पनि उनले कुटपिट गर्दै आफ्ना भाइ, बुबा र आमाको सहयोगमा शरीरमा आगो लगाइदिएको आरोप श्वेताको दाजुले बताए ।

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको गुनासो श्वेताको छ । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताताका बुबा जयकुमार झा, भाइलगायत आफन्त आएर उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन्। श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

तराई क्षेत्रमा अहिले पनि दाइजो प्रथा उत्तिकै फैलिँदो क्रममा रहेको छ । समाजकै विकृतीका रुपमा रहेको दाइजो प्रथाले ज्यानै लिने अपराधजन्य कार्य समेत गराउँदै आएको छ । बर्षेनी यस्ता घटना तराईमा देखिने गरेको छ । जनचेतना र शिक्षाको पहुँच पुर्याइएको भन्दै पठटक पटक राज्यले दावी गर्ने गरेपनि व्यवहारत पुष्टि हुन सकेको छैन ।