Breaking

कर्णालीका चार मन्त्रीले लिए शपथ


काठमाडौँ — कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् ।

यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो ।

तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेकी हुन् । बुधबार गर्ने भनिएको शपथ कांग्रेस केन्द्रको दबाबका कारण रोकिएको थियो । तर, बिहीबार बिहान कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरुको प्रयासमा विवादलाई साम्य पार्दै मन्त्री नियुक्त र शपथ कार्यक्रम सम्भव भएको थियो ।