Breaking

अन्नपूर्ण हिमाल आरोहण सकेर फर्कने क्रममा बेपत्ता भएकी भारतीय पर्वतारोही भेटिइन्


काठमाडौँ — अन्नपूर्ण हिमाल आरोहण सकेर फर्कने क्रममा क्रममा चौथो क्याम्पदेखि बेपत्ता भएकी भारतीय महिला पर्वतारोही बलजीत कौरको उद्धारका लागि टोली खटिएको छ । हेलिकोप्टरमा गएको खोजी दलले उनलाई चौथो क्याम्पतर्फ एक्लै हिँड्दै गरेको फेला पारेका छन्। उनलाई उद्धार गर्ने तयारी भइरहेको उनीसम्बद्ध पाओनियर एड्भेन्चरले जानकारी दिएको छ ।

उनी बेपत्ता भएपछि उद्धार प्रयासमा जुटेको खोजी दलले उनले बल्लतल्ल पठाएको ‘इमिडियट हेल्प’ भन्ने रेडियो सिग्नल पाएको थियो। उक्त समयमा उनी ७ हजार ३ सय ७५ मिटर उचाइमा लोकेट भएकी थिइन्। उनी सोमबार बेलुका ५स्१५ मा दुई शेर्पा गाइडका साथ अक्सिजनबिनै अन्नपूर्ण शिखरमा पुगेकी थिइन् ।