Breaking

राष्ट्रपति पौडेल फेरि बिरामी


काठमाडौँ — ​ स्वास्थ्यमा फेरि समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल सोमबार पुन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । शिक्षण अस्पतालले उनको उपचारमा संलग्न चिकित्सकहरुलाइ उल्लेख गर्दै निकालेको विज्ञप्तीमा थप परीक्षणको लागि उनको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे अल्ट्रा साउन्डको सहायताले परीक्षणका लागि पानी निकालेका छन् ।

त्यो पानी परीक्षणका लागि पठाइएको छ । हाल उनको स्वास्थ्य अस्वस्था समान्य रहेको समेत अस्पतालले जनाएको छ। हाल उनी निवास फर्किइसकेको अस्पतालले विज्ञप्‍तिमार्फत जनाएको छ । केही दिन अगाडि पनि राष्ट्रपति स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पताल पुगेका थिए ।