काठमाडौँ — काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फाहोर उठाएको छैन । महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए । सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने ।
घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन् । बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए ।
प्रतिक्रिया