Breaking

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

महासङ्घका प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।