काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बालुवाटर, शितल निवास र सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएको छ । केन्द्रबाट महानगरलाई भइरहेको असहयोगका कारण महानगर र केन्द्रबीच दुरी बढ्दै गएको देखिन्छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र्र साह र प्रमुख नेपाली राजनीतिक दलहरुबीचको सम्बन्ध टकरावपूर्ण छ । जुन हाल भइरहेको घटनाक्रमले पनि पुष्टि गर्छ । केन्द्रीय सरकारबाट कुनै सहयोग नपाएका महानगर प्रमुख बालेन्द्र साहले सिंहदरवारमा फोहोर नउठाउने विषय स्टाटसमा मात्रै सिमित राखेनन् ।
आफैँ टेलिफोन गरि फोहोर संकलन गर्ने समितिलाई सिंहदरवार, बालुवाटार र तिल निवासको फोहोर नउठाउन निर्देशन दिए । र आज काठमाडौँमा नागरिकको घरबाट फोहोर संकलन नियमित हुँदा यी तीन स्थानमा फोहोर संकलक गएनन् । आफ्नै महानगर प्रमुखले गम्भीर निर्देशन दिइसक्दा पनि गठबन्धन सरकारको प्रमुख दल नेपाली कांग्रेसबाटै वडाध्यक्षमा जितेर महानगरपालिकाको प्रवक्ता बनेका नविन मानन्धर बेखबर छन् ।
मेयरले गरेको कार्य मेयरलाई नै सोध्न भन्दै उनी प्रश्नबाट पन्छिए । महानगरको प्रवक्ता अनविज्ञ नै भए पनि महानगरसहित देशले नै महानगर प्रमुखको यो कदमलाई उत्सुकताका साथ नियालीरहेका छन् । मेयर बालेनले चालेको कदमलाई महानगरवासीले मिश्रित रुपमा लिएका छन् ।
काठमाडौँको फोहोर व्यवस्थापन देखि सुकुम्बासीद्धारा कब्जा गरिएका सरकारी जग्गा जमिनको संरक्षणका लागि महानगरपलिकाले विगत १० महिनदेखि नै पहल गरिरहेको छ । तर महानगरपालिकाको कदममा संधै संघीय सरकारले साथ नदिई अवरोध श्रृजना गरेकाले आफू पछि हट्नु परेकोमा बालेन्द्र साहको चित्त दुखाई छ । रोकिएको फोहोर संकलन कार्य कुन सहमती र सहकार्यमा पुन सुरु हुन्छ त्यो हेर्न बाँकी छ ।
तर यो घटनाले संघीय सरकार र काठमाडौँ महानगरबीचको सम्वन्धमा थप दरार पैदा गराएको छ । प्रदेश सरकार संगै स्थानीय सरकार केन्द्र सरकार सम्म पनि उत्तिकै समन्वयकारी भूमिकामा हुनु पर्ने थियो । तर गैरदलीय व्यक्ति आएका महानगर प्रमुखलाई समन्वयको अभावले हरेक कदममा अड्चन श्रृजना भएको छ । जस्ले महानगरपालिका निकम्मा झैँ बनेको छ ।


प्रतिक्रिया