Breaking

बागमती प्रदेशमा कांग्रेस सहभागी हुँदै


काठमाडौँ — नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

मुख्यमन्त्री शालिकराम जमकटेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने एक नेताले रातोपाटीलाई बताए । बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी दिइने छ ।