काठमाडौँ — मोबाइल गेमिङको लोकप्रियतादिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाकामानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यममात्रनभएर तनावकम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपायपनिहो । अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गईरहेको छ । बजारमाविभिन्न स्मार्टफोन ब्रान्डका १०० भन्दा बढी फ्रेश मोडलहरु उपलब्ध रहेका छन् ।
तीमध्य एक हो रियलमी, जसले एकदमै आकर्षक मुल्यमा गेमिङ फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । महँगो मुल्य पर्ने फ्ल्यागशिपफोनहरुमामात्रपाइने फिचरहरु पनियसले आफ्नो बजेट स्मार्टफोनहरुमा राखेकोले गर्दा पनिमानिसहरुले यो फोनलाई रुचाउने गर्दछन् । यदितपाईं गेमिङमा रुचि राख्नुहुन्छ भने रियलमीको नार्जो सिरिज पक्कै पनि मन पराउनुहुनेछ । हामीले यहाँँ रियलमीनार्जो सिरिजका यस्तो स्मार्टफोनहरुको सुचीतयार पारेका छौँ, जुनविशेष गरी गेमिङकै लागि डिजाइन गरिएकाहुन् । यीफोनहरु हेर्नमाआकर्षक त छन् नै साथै गेमिङ फोनमाहुनुपर्ने सबै फिचरहरु र सुविधाहरु पनि छन् । गेम खेल्न मात्रनभएर दैनिकप्रयोजनको लागिपनियीफोनहरु अत्यन्तै उपयुक्त छन् र यिनीहरुको मुल्यपनिअत्यन्तै चित्त बुझ्दो छ ।
रियलमीनार्जो ५०
यदितपाईं भ्यालु–फर–मनि स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने नार्जो ५० एकदमउपयुक्त रोजाइहो । यसमाभएको १२ एनएमको एडभान्सड् मेडियाटेक हेलियो जि९६ SOC रMali G57 MC2 GPUले तपाईंलाई गेम खेल्दागज्जबको अनुभवप्रदान गर्छन् ।४ जिबि र ६ जिबि ¥यामअप्सनमाआउने नार्जो ५० आइमा डिआरइ (डाइनामिक ¥यामएक्स्पान्सन) फिचरले गर्दा ११ जिबि सम्म बढाउन मिल्छ जसले स्टोरेजको चिन्ताबिनानलिकनसिमलेस गेमिङको गर्न सजिलो बनाउँछ । उत्कृष्ट गेमिङ एक्स्पिरियन्सको लागिफोनमाहुनैपर्ने चिजहो, हाइ क्वालिटी डिस्प्ले ।
६.६ इन्चको ब्राइट, फुल एचडि प्लस एलसिडि स्क्रिन भएको यसको डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट र १८० हर्जको अडप्टिभ टच स्याम्प्लिङ् रेट भएकोले स्मुथ, रेस्पोन्सिभ र क्लियर भ्युइङ इक्स्पिरियन्स लिन सकिन्छ । त्यस्तै, गेमिङ फोनहरुमाहुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सरजुनयो मुल्यकाकुनै पनिफोनहरुमाउपलब्ध छैन । ब्याट्रिको कुरा गर्नुपर्दा यसमा ३३ वाटको क्विकचार्जिङ युक्त ५००० एमएएचको शक्तिशाली वायर्ड ब्याट्रि रहेको छ, जुन एक घण्टाभन्दा कम समयमै पुरै चार्ज हुन्छ । यस्तो शक्तिशाली ब्याट्रि हुँदाहुँदै पनि यो फोन कम्प्याक्ट र हलुका छ ।
गेमिङकै लागि डिजाइन गरिएको भएपनि गेम नखेल्ने मानिसहरुको लागिपनि यो फोन उत्तिकै राम्रो छनोट हो । ५० मेगापिक्सलको ट्रिपल एआइक्यामरा सेटअप सहितको यस रियलमीनार्जो ५० आइमा सेल्फीको लागि १६ मेगापिक्सलको क्यामरा रहेको छ । लेटेस्ट कनेक्टिभिटी अप्सन सहितउपलब्ध यस नार्जो ५०आइमाफिंगर प्रिन्ट सेन्सर साइडमा राखिएको छ । ग्लास र प्लास्टिकको सिङल स्ल्याबमाप्याकेज्ड यो फोनको मुल्य ४÷६४ जिबि भेरियन्टको लागि २३,९९९÷– रहेको छ भने ६/१२८ जिबि भेरियन्टको लागि २७,४९९/- रहेको छ्र ।
नार्जो ५०ए प्राइम
यो पनिकममुल्यमा राम्रो गेमिङ फोन खोज्ने गेमरहरुको लागिअर्को एउटा सहि विकल्पहो । यसमा राखिएको युनिसक टि ६१२ प्रोसेसरले गेम खेल्दाउत्कृष्ट पर्फर्मेन्स गर्नुको साथै स्टेबल डेलिभरी र स्मुथएक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै अक्टा–कोर सिपियु आर्किटेक्चर युक्त १२ एनएमको चिपसेटले अझै प्रभावकारी र राम्रो काम गर्छ । त्यस्तै ४ जिबि ¥याम र ६४ जिबि रोमको स्टोरेज अप्सनमाउपलब्ध यस फोनको स्टोरज पनिप्रायक्याजुअल गेमहरुको लागिपर्याप्त छ । एन्ड्रोइड ११ भर्जनमाचल्ने यो फोनको युआइ रियलमीयुआइ २.० रहेको छ । ८.१ मिमिको अल्ट्रा स्लिम यस फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको छ जसले गर्दा तपाईं घण्टौँसम्मआरामसँग गेम खेलिरहन सक्नुहुनेछ । त्यस्तै २४०८/१०८० रेजोल्युसनयुक्त ६.६ इन्चको एफएचडि प्लस डिस्प्लेमाआफ्नविपक्षीहरुको हरेक चाल देख्न सकिने हुनाले त्यसै अनुसार आफ्नो चालहरु चल्न सकिन्छ ।
क्यामराको कुरा गर्नुपर्दा, यसको पछाडिपट्टि ५० एमपिको प्राइमरी क्यामरा, २ एमपिको म्याक्रो–सेन्सर र २ एमपिको डेप्थ सेन्सर सहितको ट्रिपल क्यामरा सेट–अप रहेको छ भने सेल्फीको लागि ८ एमपिको एआइक्यामरा रहेको छ । त्यस्तै यसमा साइड माउन्टेड फिङ्गर–प्रिन्ट स्क्यानर र ३.५ एमएमको हेडफोन ज्याकपनि राखिएको छ । समग्रमाभन्नुपर्दा यदितपाईं ठुलो डिस्प्ले र धेरै ब्याट्रि लाइफभएको गेमिङ फोन अथवाक्याजुअलफोटो खिच्नको लागि राम्रो क्यामरा भएको फोनको खोजीमा हुनुहुन्छ भने ५० ए प्राइमतपाईंको लागिएकदमै उपयुक्त रोजाइहो । यो फोन चार्जर बिनाअथवाचार्जर सहितको बक्समाउपलब्ध छ । ४ जिबि/६४ जिबि भेरियन्टको मुल्य २०,९९९ रहेको छ भने ४ जिबी÷१२८ जिबि भेरियन्टको २२,४९९ रहेको छ।
प्रतिक्रिया