देश

गोकर्णेश्वरले नचिनेको उत्तरगया (फोटो फिचरसहित)


काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ मा अवस्थित उत्तरगयाधाममा दैनिक सयौंको संख्यामा भक्तजन पुग्ने गर्दछन् । तरधार्मिक आस्थाको धरोहर यस क्षेत्रमा पुग्न त्यति सहज भने छैन । सडकको हबिगतका कारण भक्तजनहरुलाई धामसम्म पुग्न निकै कठिनाईको विषय बनेको छ । हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुनु यस सडक क्षेत्रको नियतीबनिरहेको छ । जहाँ भक्तजनमात्र होइन स्थानीय बासिन्दाले पनि दैनिक सास्ती भोगिरहेका छन् । अझ यो सडक क्षेत्रमै पर्ने वल्ड युथ विद्यालयको लापरबाहिले सडकमै फोहोर पानी बगिरहेको छ ।

विद्यालयबाट निस्किएको फोहोर पानीले दुर्गन्ध फैलिँदा स्थानीयहरुको स्वास्थ्यमाथि गम्भिर असर परिरहेको छ । यतिमात्र हैन घरभित्रबाट निस्किने फोहोरहरु सडक छेउमा असरल्ल फालिँदा दुर्गन्ध चारैतिर फैलिएको छ ।अव्यवस्थित फोहोरका कारण उक्त सडक खण्डमा यात्रुहरु नाक थुनेर हिड्न बाध्य छन् । बर्षौंदेखि सडकको यस्तो हबिगत हँुदा पनि गोकर्णेश्वर नगरपालिकाले देखेर पनि अन्देखाझँै गरिरहेको छ । यद्दपी आगामी आर्थिक वर्षको बजेटमार्फत जसरी पनि उक्त सडकको स्तर उन्नति गर्ने जनप्रतिनिधिहरु दाबी गर्छन् ।