Breaking

“साने” नयाँ वर्षबाट योहो टेलिभिजनमा


काठमाडौँ – साने प्रडक्सन प्रालिद्धारा उत्पादन तथा प्रसारण भइरहेको ‘साने’ टेलिफिल्म योहो टेलिभिजन एचडीमा प्रसारण हुने भएको छ ।

योहो टेलिभिजन र साने प्रडक्सन बीच सम्झौता भए अनुसार नयाँ वर्ष २०८० बैशाख पहिलो हप्ताबाट ‘साने’ टेलिफिल्म योहो टेलिभिजन एचडीमा प्रसारण हुने भएको हो ।
हालसम्म युट्युवमा प्रसारण भइरहेको उक्त टेलिफिल्म अबदेखि टेलिभिजनमा प्रसारण गरिन लागेको हो । साने प्रडक्सन प्रालिका अध्यक्ष एवं उक्त टेलिफिल्मका मुख्य कलाकार सुरज घिमिरे (साने) का अनुसार युट्युवमा अत्याधिक दर्शकहरुले सुभेच्छा प्रकट गर्दै टेलिभिजन प्रसारणका लागि माग गरेपछि आफूहरु थप उत्साहित भएको बताए । उनले भने, ‘सानेलाई अब योहो टेलिभिजनमा हेर्न पाइनेछ । दुवै पक्षको समझ्दारी अनुसार अब बैशाख ५ गते बाट हरेक मंगलबार साँझ ६:३० बजे देखि ७ बजेसम्म टेलिभिजनमा प्रसारण हुनेछ ।

हामीले साने लाई नयाँ उचाईमा पुर्याएका छौँ ।’ एक वर्षका लागि प्रसारण हुने उक्त टेलिसिरियलबारे योहो टेलिभिजन र साने प्रडक्सन बीच सम्झौता भएको हो । टेलिभिजनबाट बजार व्यवस्थापन महाशाखाका प्रमुख अन्जन श्रेष्ठ र साने प्रडक्सनका प्रमुख सरोज घिमिरे ‘साने’ ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रेम, गाउँले जीवन र दैनिकीमा आधारित टेलिसिरियलमा सुरज घिमिरे (साने), विपना पन्थ लगायत नव उदयीमान कलाकारहरुको सशक्त भूमिका देख्न सकिन्छ । उक्त टेलिफिल्मले आधुनिक समाजको वास्तविकतालाई काल्पनिक कथावस्तु बनाई प्रसारण गर्ने गरेको छ । यस टेलिफिल्मले युट्युवमा हरेक अंकमा लाखौँ भ्युज पाउने गरेको छ ।