Breaking

गाडी दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाइते


काठमाडौँ — रामेछापमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बने खाँडादेवी गाउँपालिका(१ डाँडागाउँ डेलपोखरीमा बोलेरो गाडी दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको हो वडा नम्बर ७ तालदुमबाट काठमाडौं जाँदै गरेको बा १६ च ३२२५ नम्बरको गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि खाँडादेवी-७ बस्ने ३३ वर्षीय कालुमान तामाङको मृत्यु भएको हो । अन्य सात जना घाइतेको उपचार भइरहेको छ । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।