Breaking

मन्त्रीमा दोहोरिए पुरानै अनुहार,रेशम चौधरी जेलमुक्त हुने आशा बढेको हो ? चुनाव नजितेका नै मुख्य मन्त्रालयमा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौ पटक मन्त्रीपरिषद विस्तार गरेका छन । निकै रस्साकस्सी र आलटालपछि विस्तार भएको मन्त्रीमण्डलमा नयाँ अनुहारदेखि १२ औ पटकसम्म मन्त्री भएकाहरु समेत समेटिएका छन । जहाँ कहिल्यै जनमतबाट अनुमोदित नभएका तर नेतृत्वको वरिपरि घुमेर तर मार्न सिपालुहरुले समेत वाजी मारेका छन । आखिर कस्ता छन त नयाँ मन्त्रीमा समेटिएका अनुहारहरु ? सामाजिक सन्जालमा गुराँसको फुल हाल्दै आफ्नै हठले फन्किएका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको पानि हालेका कांग्रेस उपसभापतिले पुरानै गठबन्धन ब्युतिएका दिनमा भने – म मन्त्री बन्दिन ।

सभापति शेरबहादुर देउवाका खम्बा मध्येका एक उनी कांग्रेस र माओवादीबीच भड्किएको सम्बन्ध सुधार्दै एमालेलाई विपक्षी कित्तामा पु¥याएर पुरानो गठबन्धन ब्युँत्याउने डिजाइनर मध्येका एक पात्र पनि हुन । यहि कारण स्वभाविक रुपमा उनको मन्त्रीमा दावेदारी रहने विश्लेषणका विच उनले भने आफूले सात बर्ष अघि नै मन्त्री बन्दिन भनेको बताएका थिए । तर भित्रभित्रै गृहमन्त्री सहित कांग्रेसको नेतृत्व गर्दै सत्तामा जाने रस्साकस्सीमा लागेका उनी छटाँै पटकको सत्ता यात्रामा उपप्रधानसहित रक्षा मन्त्री बनेका छन । उता जितको नाममा महाविधेशनमा मात्र जितेका डा.प्रकाशशरण महत पनि मन्त्री बनेका छन ।

जनमतबाट कहिल्यै अनुमोदित नभएका तर नेतृत्वको वरिपरि बसेर सधै तर मार्न सफल रहँदै आएका उनी संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने चुनौतीसहित अर्थमन्त्रालयमा पुगेका छन् । यता गृह नपाएर अन्तुष्टि जनाँउदै केहिसमय मन्त्रालय नै नगएका यसअघिका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि अव रोजेकै मन्त्रालयमा पुगेका छन । माओवादीभित्र महतकै अवस्थामा रहेका उनी तत्कालिन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा रवि लामिछानेले गृहमा बाजी मारेपछि प्रचण्डसंगै रिसाएका थिए ।

यता एमालेमा हुँदा दुइपटक मन्त्री बनिसकेका जसपाका संघीय परिषद अध्यक्ष अशोक राईले १९ बर्षपछि मन्त्रीमा पुनरागमन गरेका छन । यसअघि एमाले र राप्रपा सरकारबाट वाहिरिएपनि उनकै कारण जसपाले प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएको थिएन । विचारमा दृढ रहेका उनी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । यहिवीचमा लोसपाका नेता शरदसिंह भण्डारी भने १२ औं पटक मन्त्री बनेका छन । प्रचण्ड नेतृत्वको अहिलेका मन्त्रीहरुमाधेरैपटक मन्त्री बन्ने नेतामा पर्ने उनी पन्चायतकालदेखि नै बारम्बार सत्ताको रसास्वादन गर्दै आएका छन ।

मधेसको महोत्तरीबाट जति पटक चुनाव जिते लभगभ त्यति नै पटक दल पनि बदलेका उनी २०४४ फागुनमा पहिलोचोटि पञ्चायतकालमा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा रक्षा मन्त्री हुदाँ तराई मधेसका युवाको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिने अभिव्यक्ति दिएपछि उनले मन्त्रीबाट हात धुनुपरेको थियो । यता रेशम चौधरीको रिहाईको माग गर्दैसुदुरपश्चिम प्रदेश सरकारलाई समेत विश्वास मत नदिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा रेशमकै श्रीमती रन्जिता श्रेष्ठले मन्त्रीमा डेब्यु गरेकि छन ।

प्रचण्डको मन्त्रिपरिषद्मा पहिलोपटक मन्त्री बनेका पाँच अनुहारमध्ये एक श्रेष्ठ के रेशमको रिहाई निश्चित भएरै मन्त्री भएकी हुन त ? प्रश्न सुरु भईसकेको छ । मालदार मन्त्रालय ठुला दलले पाउने अविभाज्य अग्राधिकारको भाष्यकै कारण जनमत पार्टी पेलानमा पर्यो । फलत ः यसअघि वाध्यतावश पाएको खानेपानी मन्त्रीमै सिमित हुने भएपछि एकथान मन्त्री अब्दुल खानले राजिनामा नै दिए । अर्कातर्फ पहिलो चोटि मन्त्री बनेका डा.वेदुराम भुसाल जतिसुकै काम गर्छु भनेपनि असफल हुने मन्त्रालयको ट्याग भेटेको कृषीमा समेटिए ।

यसले कतै उनको पहिलो यात्रा नै यसअघिका घनश्याम भुसालकै पथमा अघि बढ्ने त हैन भन्ने प्रश्न उब्जिदा पुर्व कृषीमन्त्री भएर मल नै ल्याउन नसकेका मन्त्री महेन्द्रराय यादव महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन ।यसरी नयाँ अनुहार देखि १२ औ पटकसम्म भएकाहरु समेत समेटिएका यो मन्त्रिपरिषदमा अधिंकाश परिक्षण भईसकेका र आफुलाई प्रमाणित गर्न नसकेकाहरुकै अनुहार दोहोरिएका छन । जसले पहिलोचोटि नयाँ र हुटहुटि भएकालाई लिएर आफू सफल हुन्छु भनेका प्रधानमन्त्री प्रचण्ड पुरानै अनुहार वोक्ने अवस्था पुगेका छन । जहाँ भाग नमिलेर कांग्रेसको एक तप्का असन्तुष्ट बनिसकेको छ भने जनमतले सरकार छाड्दा रास्वपापनि सरकारमा गएको छैन । बरु माओवादीले एक मन्त्री बोनस पाउँदा टालाटुली गठबन्धन सम्हाल्नुपनि कम चुनौतीपूर्ण छैन ।